रुपामा बसले ठक्कर दिँदा दाजुको मृत्यु, भाई गम्भीर

पाेखरा | साउन १, २०८०

रुपामा बसले ठक्कर दिँदा दाजुको मृत्यु, भाई गम्भीर

पोखरा:   पोखराबाट लमजुङका लागि छुटेको बसले कास्कीको रुपा गाउँपालिका पोल्याङमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । 


पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिका ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । 


लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । 


यस्तै मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भिर घाईते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाईते भएका जितेन्द्र भाई हुन् । 


दुर्घटना पछि प्रहरीले बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्